
पूर्णपुष्टि, भदौ ४
रौतहटको माधवनारायणमा गोली हानेर एक जनाको हत्या गरिएको छ । माधवनारायण नगरपालिका–२ खेसरहियामा हनुमान मन्दिरका पुजारी ६५ वर्षका श्रीराम साहको हत्या भएको प्रहरीले जनाएको छ ।
हिजो बेलुकी खाना खाइरहेको बेला नचिनेको मान्छेको समूहले कन्चटमा गोली हानेर पुजारीको हत्या गरेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।
घटनाको अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।
