आइतवार, भदौ २३, २०८१
Sunday, September 8, 2024

गोले परिवारको भयो विचल्नी

विक्रम राई/उदयपुर, कार्तिक १२ गते

एउटा सामान्य सर्वसाधारणले आप्mनो रगत पसिनाको कमाईबाट जोडेको घरजग्गा थाहै नपाई खोसिन्छ भने उसका लागि त्यो भन्दा अन्याय अरु हुदैन ।

उदयपुरमा एक सर्बसाधारणमाथि यस्तै अन्याय भएको छ । त्यो पनि राज्यकै निकायबाट भएको हो । जिल्ला नापी र मालपोत कार्यालयले कुनै पनि हिसावले पर्दै नपर्ने मुल सडकभन्दा करिब ६ सयमिटर माथिको जग्गा सडकको नाममा पारिदिएपछि त्रियुगा नगरपालिका वडा नं. ४ का मोहन गोलेको परिवार घरबारविहिन भएको छ । श्रीमती आशामाया तामाङको नाममा रहेको घरसहितको एक कठ्ठा जमिन थाहै नपाई आजभन्दा १२ वर्षअघि गाईघाट–कदमाहा सडकको नाममा पास भएपछि गोले परिवार सुकुम्बासी भएको छ । मालपोत र नापीले गम्भीर गल्ती भएको स्विकार गरेका छन् ।

सडकको मध्येबीन्दुबाट दायाँबायाँ २५÷२५ मिटरको जग्गा सडकको नाममा लागतकट्टा गर्नुपर्नेमा तत्कालिन नापी र मालपोतका कर्मचारीको चरम लापरवाही वा गलत नियतका कारण साबिक देउरी गाविस वडा नं. ८÷झ कित्ता नं. ५९६ को जग्गा सडकको नाममा पास गरिएको छ । यस्तो होला भन्ने सोच्दैनसोचेको गोले परिवार त्यतिबेला छाँगाबाट खसे झै भए, जतिबेला घरजग्गा १२ वर्षअघि नै सडकको नाममा पास भईसकेको थाहा पाएँ । यस कुराले गोले परिवार विछिप्त बनेको छ । स्थानीय तथा छिमेकीहरुको पनि उक्त जग्गा सडकमा पर्दै नपर्ने दावी रहेको छ ।

शिक्षिका श्रीमती र समाजसेवी गोलेको मेहनतको कमाईबाट जोडिएको सो घरजग्गा विक्री गरेर ऋण तिर्ने र अर्कै ठाउँमा सामान्य घर बनाउन भन्दै मालपोत पुग्दा गोलेले यो कुरा थाहा पाएका थिए ।

शिक्षिका श्रीमती र समाजसेवी गोलेको मेहनतको कमाईबाट जोडिएको सो घरजग्गा विक्री गरेर ऋण तिर्ने र अर्कै ठाउँमा सामान्य घर बनाउन भन्दै मालपोत पुग्दा गोलेले यो कुरा थाहा पाएका थिए ।

स्थानीय रमणकुमार थापासंग खरिद गरिएको उक्त घरजग्गा आसपासमा काही, कसैको जग्गा सडकमा परेको छैन । लगतकट्टा गर्दा पछिसम्म फरक नपर्ने भन्दै फिल्ड प्रतिवेदन पेश गर्ने तत्कालिन कर्मचारीहरुमा नापी प्रमुख शैलेन्द्रकुमार नेपाली (सुडी), नापी निरीक्षक राजेन्द्रप्रसाद मण्डल, अमिन सत्यानारायण यादव, खरिदार तस्बीरकुमार श्रेष्ठ र कार्यालय सहयोगी भुपबहादुर खत्री हुन् । कर्मचारी मध्येको खरिदार श्रेष्ठ स्थानीयमात्र नभई गोलेकै छिमेकी हुन् । गोलेको जग्गा मात्र टपक्क सडकमा पर्नुले तत्कालिन खरिदार श्रेष्ठकै गलत नियत रहेको आशंका पनि गरिएको छ ।

घरजग्गा सडकको नाममा लगतक्टटा भएको कार्यालयले जानकारीसमेत नदिएपछि पुरानो लालपूर्जा बोकेर गोले परिवारले नगरपालिकामा बार्षिक सम्पत्ती कर तिर्दै आएका थिए । आप्mनो नाममा जग्गा कायम गरिपाऊँ भनेर गत असोज ४ गते निवेदन दिएको गोलेले नापी, मालपोत र सडक धाएर हैरानी पाईरहेका छन् । नेपाल तामाङ घेदुङ संघका संघीय अध्यक्षसमेत रहेका गोलेले वडा कार्यालय, नगरपालिका, प्रशासन, अधिकारकर्मी तथा सञ्चारकर्मीलाई समेत गुहारिरहेका छन् ।

गल्ती बाहिरिएपछि नापीले स्थलगत बुझी वडाअध्यक्षको रोहबरमा सरजमिन मुचुल्कासमेत तयार पार्दा उक्त जग्गा ५ सय ५० मिटरमाथि रहेकाले काही कतैबाट सडकमा नपर्ने देखाएको छ । भूमि ऐन अनुसार नापी र मालपोतका कर्मचारीको चरम गल्तीले सडकको नाममा गएको उक्त जग्गा मन्त्री परिषद्को निर्णयले मात्र व्यक्तिको नाममा कायम हुने देखिन्छ । त्यसका लागि नापी, मालपोत, सडक लगायत सम्बन्धीत निकायको पर्याप्त पहल कदमी आवश्यक छ ।

घरजग्गा विक्रीका लागि ५ लाख बैनासमेत लिएर घरको गर्जो टारिसकेका गोलेलाई यतिबेला पर्नु समस्या परेको छ । आप्mनो व्यवहारिक जीवन र नियमित कार्यहरु अस्तव्यस्त बनेको छ । त्यो भन्दा पनि बढि चिन्ता र पिडा अव घरजग्गा आप्mनो नाममा हुने हो की नहुने भन्नेमा छ । आप्mनो मेहनतले जोडेको घरजग्गा भनेर गौरबकासाथ बस्दै आएको आप्mनै घरदेखि कहिले लखेटिनु पर्ने हो भन्ने चिन्ताले गोले परिवार निदाउन सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0