Monday, February 17News That Matters

गोल्डकपमा उत्साहजनक दर्शक

 

उदयपुर/ जेष्ट, ३२

उदयपुरमा सूरु छैटौँ रमपम उदयपुर गोल्डकपको पहिलो दिन उत्साहजनक दर्शकको सहभागीता रह्यो ।

विगतको दाँजोमा यसपटक प्रचारप्रसार कम भएता पनि पहिलो दिन दर्शकको उत्साहजनक सहभागीता रहेको मूल आयोजक समितिका अध्यक्ष रमाकान्त चौधरीले बताए ।

पहिलो दिनमै साधारण टिकट ८ सय  र भिआइपी टिकट ७ सयको हाराहारीमा विक्री भएको चौधरीले बताए । दर्शकको उत्साहजनक सहभागीताले खेलको शोभा बढेको छ भने खेलाडीहरुलाई हौसाला र उत्साह बढाएको उनले बताए । खेल मनोरन्जक र रोचक बनेको दर्शहरुको प्रतिक्रिया छ । “पहिलो दिनको खेल राम्रो टिमहरुबीच रहेकाले राम्रो हेर्न पाईयो ।” गाईघाटका कृष्ण मगरले भने ।

गोल्डकपको मुख्य सहयोगकीको रुपमा दर्शकलाई लिएको आयोजकले आगामी दिनमा अझ थपिने आशा गरेको छ । गोल्डकपमो मुख्य प्रायोजक उदयपुर सिमेन्ट उद्योग रहेको छ ।