Friday, February 14News That Matters

ग्याङफाईटमा एक को मृत्यु दुई घाईते

झापा, साउन ९ गते ।

झापाको दमकमा ग्याङफाईट हुदा एक जनाको ज्यान गएको छ भने दुई जना घाईते भएका छन् । दमक नगरपालिका – १ दुर्गा मन्दिर पछाडी भएको ग्याङफाईटमा स्थानिय १८ वर्षीय बिक्रम लिम्बुको मृत्यु भएको हो ।

पुरानो रिसिकीको कारण दिउँसो करिब ४ बजे ग्याङ फाईटमा छुरा हानाहान हुदा छुरा प्रहारबाट गम्भिर घाईते भएका लिम्बुको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । छुरा प्रहारबाट घाईते भएका लिम्बुको लाईफ लाईन अस्पताल दामकमा उपचारको क्रममा भएको प्रहरीले जनाएको छ ।

छुरा प्रहारबाट सुजन भुजेल र सरोज भण्डारी घाईते भएका छन् । भुजेलको लाईफ लाईन अस्पतालमा उपचार भईरहेको छ भने भण्डारीको बिएण्डसी अस्पताल विर्तामोडमा उपचार भईरहेको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

ग्याङ फाईटमा संलग्न ९ जना प्रहरीले पक्रउ गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।