Monday, March 17News That Matters

ग्रामिण  महिला स्वास्थ्य शिविर 

पुर्णपुष्टि/उदयपुर भदौ १६
उदयपुरमा पाठेघरको क्यान्सर तथा परामर्श शिविरमा दई सय महिलाले चेक जाँच गराएको छ ।
त्रियुगा नगरपालिका वडा नं १६ सुकौरामा महिलाहरुको पाठेघरको मुखको क्यान्सर जाँच र परिवार नियोजनको परामर्श शिविर भएको हो ।
त्रिनपा वडा नं १६ र ओरेक नेपाल उदयपुरको समन्वयन र विहानी महिला समुह, पिएस्आई नेपाल, हुरेण्डेक, रेस्फेक, क्यान्सर हस्पिटल सोसाईटी भत्तेपुरको सयोगमा आयोजना भएको पाठेघरको मुखको क्यान्सर र परिवार नियोजनको परार्मश एक दिने शिविर संचालन भएको हो ।

शिविरमा त्रिनपा र दुई गाउँपालिकाका ग्रामिण भेगको माहिलाहरुले चेक जाँच गराएको थियो । चिलाउने, जाँते, सिद्रे, पुँवारे, मुर्कुची अँधेरी लगायको ग्रामिण भेगको महिलाहरुले स्वास्थ्य परिक्षणको गराएको र परिवार नियोजनका परामर्श लिएको त्रिनपा १६ नं वडाको वडा अध्यक्ष मान बहादुर राईले बताए ।
ग्रामिण महिलाको स्वास्थ्य स्थिति खतराबाट बचाउन शिविर संचालन गरेका हो । शिविरमा क्यान्सर हस्पिटल सोसाईटी भत्तपुरको डा.दिलिप धिताको टोलिले चोक जाच गरेको फत्तेपुर रेस्फेक प्रमुख मदनराज कटुवालले बताए ।
शिविरमा पाठेघरको क्यान्सर सम्बन्धि एक सय २६ जनाले चेक गराएको छ भने परिवार नियोजनको परामर्श एक सय ३० जनाले लिएको क्यान्सर हस्पिटल सोसाईटी भत्तपुरको डा.दिलिप धितालले बताए ।