
पूर्णपुष्टि, माघ २५
भिभोले आफ्नो नयाँ ब्राण्ड भिभोको Y12s देशभर लन्च गरिरहेको बेला गाईघाटमा पनि यसको लन्च भएको छ । नयाँ सेवा सुविधा र नयाँ बिषेशता सहित यस ब्राण्डले बजारमा आफ्नो ब्राण्डको बिश्वास दिरहेको छ ।
देशका सबै शहरहरुमा लन्च गर्दै पूर्वाञ्चलमा पनि लन्च गर्ने क्रममा गाईघाटमा यसको लन्च र अडर गरिएको छ । पुर्वाञ्चलमा गाईघाटबाट लन्च अभियान सुरु भएको हो । आईतबार गाईघाटको बिभिन्न रिटेलरहरुलाई सहभागी गराई Y12s बारे जानकारी गराउँदै कम्पनीले पूर्वाञ्चलमा पहिलो पटक गाईघाट बाट लन्च सुरु गरेको जनाएको छ ।
मदर कम्पनीका विश्वका टप ५ मा पर्न सफल भिभो ब्राण्ड नेपालको दोस्रो र पूर्वाञ्चलको पहिलो ब्राण्डको रुपमा स्थापित भएको छ । ग्राहकहरुले अत्यादिक रुचाएको सो ब्राण्डले बिल्कुलै नयाँ Y12s बजारमा ल्याएको हो ।
यो मोवाईल फ्रेब्रुअरी १४ बाट गाईघाट लगाएत पूर्वाञ्चलको सबै सहरहरुमा पाईने कम्पनीका पूर्वाञ्चल बजार व्यवस्थापक एरिया सेल्स मेनेजर निमेस घिमिरेले बताए ।
घिमिरेले अरु मोवाईहरु भन्दा फरक र धेरै सेवा सहित यसको लन्च भएको बताए । यस ब्राण्डले ग्राहकहरुको मध्यनजरलाई खिच्न बिभिन्न स्किम समेत ल्याएको छ । फ्रेब्रुअरी ९ देखि १३ सम्म यसको प्रि बुकिङक खुल्ला गरिने छ । १४ देखि २८ सम्म बुकिङमा सहभागीहरुलाई लक्की ड्र मार्फत ३ जनालाई Y12s मोवाईल, १०० जनालाई २५ सय डिस्काउन्ट अफर र ५०० जनालाई फ्रि स्क्रिनको व्यवस्था रहेको छ ।
गाईघाटमा कालिका सप्लायर्सले डिलरको जिम्मा लिएको छ । कालिका सप्लयायर्सको प्रोपाईटर सुनिल ठाकुरल मार्फत पसलहरुले अडर गर्न सकिने जनाएको छ ।
यो मोवाईल बिभिन्न मुल्य हाई, मिडल र लो मुल्यमा बजारमा उपलब्ध गराउने कम्पनीले जनाएको छ ।
हाल १५ देखि २० हजार सम्म मुल्यको हाराहारीमा रहेको सो मोवाईलमा ३२ जिबी मेमोरी र ३ जिबि र्याम रहेको छ । अझ यसको महत्वपूर्ण कुरा बेट्री सबै भन्दा पावर फुल रहेको कम्पनीले बताएको छ । ५ हजार एमएसको ब्याट्री जुन अन्य मोवाईलहरुमा कमै हुने कम्पनीको भनाई छ ।

