Monday, February 17News That Matters

ग्रीकको निर्वाचनमा दक्षिणपन्थी पार्टी विजयी

आमनिर्वाच हुन भन्दा अगाडी गराईएको निर्वाचनमा मध्य दक्षिणपन्थी दल न्यू डेमोक्र्यासी विजयी भएको छ ।

अधिकांश जिल्लाका मतगणनाको परिणम आईसकेकाले बहालवाला प्रधानमन्त्री एलेक्सिस सिप्रासले प्रतिद्वन्द्वी क्रियाकस मिट्शोटाकिससँग पराजय भएको बताएको छ ।

न्यू डेमोक्र्यासीले अहिलेसम्म ३९ दशमलव ८ प्रतिशत मत हासिल गरेको छ भने दोस्रो स्थानमा रहेको सिप्रासको सिरिजा पार्टीको पोल्टामा ३१ दशमलव ६ प्रतिशत मत खसेको छ ।

अहिलेको प्रक्षेपणले न्यू डेमोक्र्यासीलाई पूर्ण बहुमत दिएको छ । उसले संसद्मा ५० वटा थप सिट जितेको छ ।