
साउन ११ गते ।
विश्वकपको ग्लोबल छनोटमा नेपालले कुवेतलाई हराउदै एक जित टाढा रहेको छ । टी–२० विश्वकप छनोटका एसियाका फाइनलमा नेपालले कुवेतलाई ७ विकेटले पछि पार्दै जित हात पारेको हो ।
आईतबारको खेलमा आयोजक टिम सिंगापुरलाई हराएपछि नेपाल एसिया फाइनलको शीर्ष स्थानमा पुग्नुका साथै ग्लोबल छनोटमा स्थान पक्का गर्नेछ ।
कुवेतले दिएको एक सय ४२ बलको लक्ष्य नेपालले १५.५ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टाएको थियो । पारस खड्काको कप्तानी खेलेमा खड्काले ४२ बलमा ११ चौका र एक छक्काको मद्दतमा ६८ रन बनाएका थिए । शरद भेषावकरले नटआउट ३८ रन जोडेका थिए । बसन्त रेग्मी र सन्दीप लामिछानेले समान ३÷३ विकेट लिएको थियो भने करण केसीको नाममा एक विकेट रहृयो ।
कुवेतका कप्तान मोहम्मद शासिफले बलिङबाट तीन विकेट लिएका थिए । यो भन्दा पहिले ब्याटिङ गरेको कुवेतले २० ओभरमा ९ विकेट गुमाएर एक सय ४१ रन बनाएको थियो । मोहम्मद शासिफले ४९ रन जोडेको थियो ।