Monday, March 17News That Matters

घमानको शब्द संगितमा रहेको गित चर्चामा

पूर्णपुष्टि/उदयपुर भदौ २२

शब्द तथा संगितकार घमान सिङ राई ( जिबि ) को शब्द संगितमा रहेको गित अहिले चर्चामा आएको छ ।

राईको आफ्नो शब्द र संगितमा रहेको ५ ओटा गित सार्वजानिक भए सँगै चर्चा कमाउन सफल भएको हो ।

बिषेश गरी पूर्वमा “तिमि काहाँ छौ” बोलको गितले यतिवेला चर्चा कमाईरहेको शब्द तथा संगितकार राईले बताए ।

उनले तिमि काहाँ छौ….., नरौऊ है ए आमा….., तिमि सधै……, ए मेरी आमा….., कान्छीको मुहार……लगाएतको गितहरु सार्वजानिक राईले बताए ।

बुढासुब्बा म्युजिक कम्पनी र सङस नेपालले गितको भिडियो सार्वजानिक गरेको छ । गितमा राम चन्द्र राई, सुन्दर दुमि राई ,युवराज राई, र पुजन लिम्वुले स्वर दिएको छ ।

सानै देखि संगितको क्षेत्रमा अब्बल रहेको राईले शब्द र संगितलाई निकै चासो र रुचिको रुपमा अगाडी बढाए । उदयपुरको त्रियुगा नगरपालिका वडा नं १६ सिम्लेमा जन्मेका राईले भोगल भन्दा पनि संगितमा भिजेर गित निर्माण गर्नमा कठिन पर्ने बताए ।

संगित भावुक भएर निर्माण गरिन्छ । संगितकार एक विज्ञ हो, उसले मात्र संगितमा रुची बढाउछ राईले भने । उनले संगितमा जति सन्तुष्ट हुन्छ भोगलमा त्यति हुन नसक्ने पनि दावी गरे । बाल्यकालको उमेर देखिनै संगितिक क्षेत्रमा लागेर आफ्नो सपना पुरा गर्ने सोच बोकेका राई एतिबेला आफुलाई सन्तुष्टि मिलेको बताउँछन् ।

आधुनिक विद्यामा बिषेश जोड दिने राईले आफ्नो ५ ओटै गितहरु आद्युनिक विद्याकै रहेको बताएको छ । गाउँ, पाखा, पखेराको सुन्दर प्रकृतिमा रमेर शब्दको निर्माण गर्ने राईको गितले आम दर्शक श्रोताहरुमा राम्रो छाप राखेको छ ।

पारिवारिक अवस्था सामान्य जनक रहेको राई खान लाउनको दुःख ले नभई आफ्नो उदेश्य पुरा गर्न मलेसिया समेत पुगे । राईले भने गित संगित र मेरो रुचिको ठुलो सम्बन्धको कारण मैले बिदेश गएर पनि आफ्नो लक्ष्यलाई नजिक बनाए ।

खान लाउन घर बसेरै भए पनि पुगिरहेको थियो । तर संगित क्षेत्रको पहिलो लगानी भनेको आर्थिक लगानी नै रहेको महसुस भयो जस्ले गर्दा म बिदेश गए राईले बताए ।

बिदेश गएर आर्थिक अवस्था सुध्रिए पछि मलेसियमै रहेर शब्द संगितको निर्माणमा लागे । गितको केहि म्युजिक भिडियो समेत मलेसियमै रहेको राईले बताए ।

काममा साथ सहयोग र हौसाला दिदै आउने अग्रज संगितकारहरु प्रति बिषेश धन्यवाद दिदै उनिहरुको प्रसंसाले आफुलाई अगाडी बढ्न मदत गरेको र अब यसै क्षेत्रलाई मुख्य संघर्षको रुपमा लैजान प्रेरित गरेको राईको भनाई छ ।

नितिबद्ध काम गर्नको निम्ति आफुले लाईसेन्स सम्म प्राप्त गरिसकेको बताउदै अब यस क्षेत्रमै आफ्नो महत्वपूर्ण समयको सदुपयोग गर्ने पनि राईले बताएको छ ।