Sunday, February 16News That Matters

घरको कुकुरबाट स्वास्थ्यमा ५ फाइदा

कुकुर पाल्ने व्यक्तिको मुटुको रोग कम लागने गरेको अमेरीकाको एक अध्ययनले देखाएको छ ।

घरेलु जनावर कुकुर पाल्नाले मुटु रोगको सम्भावना कम हुने अमेरिकन हर्ट एसोसिएसनले गरेको एक अध्ययनले देखाएको हो ।

अर्का एक संस्था बार्कपोस्टले पनि कुकुर पाल्नुका फाइदाबारे वैज्ञानिक रुपमा ५ तथ्य सार्वजनिक गरेको छ ।

१. घरपरिवारमा निराश हटाई खुशी बढाउँने ।
कुनै एक व्यक्तिले १५ देखि ३० मिनेट सम्म कुकुर सँग खेल्नाले तनाव घट्ने मस्तिष्कमा खुशी र आनन्द मिल्ने गरेको पाईएको छ भने डोपामाइन र सेरोटोनिनको मात्रा समेत बढाउने गरेको छ ।

२. मुटु रोगको सम्भावना कम गर्ने ।
मानिस कुकुर सँग खेल्दा वा डो¥याई हिड्दा शारिरीक कसरत हुने भएकोले रक्तचाप घट्नुको साथै मुटुसम्बन्धी रोगहरुको जोखिम कम हुने पाईएको छ ।

३. चर्मरोगको जाखिम कम गर्ने ।
बालबालिकाहरु कुकुर सँग खेल्नाले छाला सम्बन्धि रोगहरुको जोखिम कम हुने गरेको छ ।

४. शारिरीक व्ययममा निरन्तरता ।
घरमा कुकर पालेपछि दैनिक कुकुर सँग खेल्ने वा काम प्रतिको जिम्मेवारी थपिने भएकोले यस्ता व्यक्तिहरु तुलनात्मक रुपमा बढी सक्रिय हुन्छ ।

५. एक्लोपना र तनाव बाट मुक्त ।
मानिसलाई असर गर्ने खालको कुकुरको दिसामा जीवणु हुने भएकाले जथाभावी रुपमा दिसा गराउन नहुने ।