भोजपुर, असार २७ गते ।
भोजपुरमा घरको गाह्रोले किचेर एक जनाको मृत्यु भएको छ । रामप्रसाद राई गाउँपालिका – ७ बासिखोरामा घरको गाह्रोले किचेर ६६ वार्षीय जगतबहादुर राईको मृत्यु भएको हो ।
केहि दिनदेखि परेको अविरल वर्षाले आएको भेलले घरलाई भत्काउदा गाह्रोले किचेर मृत्यु भएको प्रहरीले जनाएको छ । घरमा राई एक्लै बस्दै आएकाले २५ गते राती कति बजे घटना घटेको भन्ने बारेमा एकिन नभएको प्रहरीले जनाएको छ ।
स्थानियले प्रहरीलाई २६ गते जनाकारी गराएपछि प्रहरी टोली घटना स्थलमा पुगी कानुनी प्रक्रिया अगाडी बढाएको प्रहरीले जनाएको छ ।