Sunday, May 3News That Matters

घर भत्किँदा ३ महिने शिशुको ज्यान गयो, २ जना घाइते

पूर्णपुष्टि, असार २४

हिजो रातिबाट परेको अविरल वर्षाका कारण घर भत्किँदा दाङमा तीन महिनाकी शिशुको ज्यान गएको छ । घोराही उपमहानगरपालिका–१७ क्वाडीमा आज बिहान ३ बजेतिर बर्षाका कारण घर भत्किँदा शिशुको ज्यान गएकोे छ, भने उनकी आमा र दिदी घाइते भएका छन् । प्रहरीका अनुसार घरको भित्ता भत्कँदा मनिषा चौधरीकी तीन महिनाकी छोरी विन्दु चौधरीको घटनास्थलमै ज्यान गएको हो ।

मनिषा र उनकी ९ वर्षीया छोरी बाटुली चौधरी घाइते रहेको प्रहरीले जनाएको छ । घाइते आमा–छोरीको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ । घटनास्थलबाट शिशुको शव निकालिएको छ । घर नजिकैको गोठ भत्किँदा घरमा क्षति पुगेको प्रहरीको भनाइ छ ।