Friday, May 15News That Matters

घाँस काट्ने क्रममा करेन्ट लागेर एक प्रधानाध्यापकको ज्यान गयो

पूर्णपुष्टि, पुष २७
घाँस काट्ने क्रममा करेन्ट लागेर तेह्रथुममा एकजना प्रधानाध्यापकको ज्यान गएको छ । जिल्लाको फेदाम गाउँपालिका–१ का ५२ वर्षीय अम्बर बहादुर बस्नेतको घाँस काट्ने क्रममा करेन्ट लागी ज्यान गएको हो ।
हिजो मध्यान्न १२ बजे छिमेकी नन्द बहादुर बस्नेतको खेतमा रहेको पटमेरोको रुखमा चढी हाँगा झार्ने क्रममा हाईटेन्सन लाईनको तारमा हाँगा अल्झिदा कटेन्ट लागी घटनास्थलमै बस्नेतको ज्यान गएको थियो । मृतक स्थानिय महाकाली मा.बि. को प्रधानाध्यापक रहेको, घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय तेह्रथुमबाट थप अनुसन्धान प्रहरीले जनाएको छ ।