
पूर्णपुष्टि,फागुन २७
घाँस काट्ने क्रममा बाघले आक्रमण गर्दा बर्दियामा एक महिलाको मृत्यु भएको छ । मधुवन नगरपालिका–३ सम्झना सामुदायिक वनमा पाटे बाघले आक्रमण गर्दा मधुवन–३ की २९ वर्षीया रेनुका सुनारको मृत्यु भएको हो ।
बुधबार घाँस काट्न गएको बेला बाघले सुनारलाई झम्टेर लगेको प्रहरीले जनाएको छ ।
सशस्त्र प्रहरी बल बिओपी भगरैयाका सशस्त्र प्रहरीका अनुसार नेपाल–भारत सीमासँग जोडिएको पिलर नम्बर ८४ र ८५ नम्बरको बीचमा बाघले आक्रमण गर्दा उनको मृत्यु भएको थियो ।

