
पूर्णपुष्टि, भदौ १२
खोटाङ हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ कि ४२ बर्षीया पार्वती राईको लडेर मृत्यु भएको छ ।
हिजो बेलुका ५ बजे सोही स्थानमा रहेको खुरीखोला जंगलमा घाँस काट्ने क्रममा भिरबाट ३० मिटर तल खसेर गम्भिर घाईते भएकी थिईन् । उपचारको लागी हलेसी तर्फ ल्याउने क्रममा बाटैमा नै मृत्यु भएको थियो । घटनाको बारेको ईलाका प्रहरी कार्यालय हलेसीले थप अनुसन्धान गरिरहेको छ ।
