
उदयपुर, बैशाख ७ गते ।
त्रियुगा नगरपालिका– ७ चुहाडेमा मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिदा मोटरसाईकल चालको मृत्यु भएको छ ।
विपरित दिसाबाट आउँदै गरेको मोटरसाईकललाई ट्याक्टरले ठक्कर दिदा गम्भिर घाइते भएका मोटरसाईकल चालक कालिन्दा भण्डारीको उपचारको क्रममा मृत्यु भएको हो ।
लु ३ त ४४४९ नम्बरको ट्याक्टरले लु ४९ प ४०७४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । ट्याक्टरको ठक्करबाट गम्भिर घाइते भएका उदयपुरगढी गाउँपालिका–७ निबास ३५ बर्षीय भण्डारीलाई उपचारको लागि विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपा पठाईएको थियो ।
घाईते भण्डारीको घोपामा उपचारको क्रममा राती करिब ८ ः ३० बजे मृत्यु भएको प्रहरीले जनाएको छ । भण्डारीलाई ठक्कर दिने ट्याक्टर र ट्याक्टर चालक प्रहरीको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।