
पूर्णपुष्टि, चैत्र ३ गते ।
नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका ईलेक्ट्रिक सुपरभाईजर घुससहित पक्राउ परेको छ । काठमाडौंको रत्नपार्क स्थित नेपाल विद्युत प्राधिकरण वितरण केन्द्रका इलेक्ट्रीकल सुपरभाइजर कैलाशप्रसाद दाहाल २० हजार रुपैयाँ घुससहित पक्राउ परेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग टङ्गालबाट खटेका टोलीले सेवाग्राहीसँग घुस रकम लिइसकेको अवस्थामा दाहाललाई पक्राउ गरेको आयोगले जनाएको छ ।
नयाँ क्षमता वृद्धिको मिटर जडानका लागि सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाको आधारमा कार्यालयको सेवाग्राही फाँटबाट उक्त रकम घुस लिइसकेको अवस्थामा दाहाललाई पक्राउ गरिएको आयोगले जनाएको छ । पक्राउ परेका दाहाललाई थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।
