Friday, October 4News That Matters

घेरेलु उद्यौगीक महोत्सव समापन

उदयपुर, पुस १ गते ।

मंसिर २० गतेबाट २९ गते सम्म संचालन भएको १ नं. प्रदेश स्तरीय दोस्रो घरेलु औद्योगिक महोत्तसव २०७५ को समापन भएको छ ।

उदयपुरमा लागेको १० दिने १ नं. प्रदेश स्तरीय दोस्रो घरेलु औद्योगिक महोत्तसव २०७५ कोे शनिबार एक कार्यक्रमका साथ समापन भएको हो ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ उदयपुरको आयोजनामा “मेहनत श्रृजना उत्पादन र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं, उठाऔं नेपाल” भन्ने मुल नाराको साथ औद्योगीक महोत्सव २०७५ को लागेको ्थियो ।

त्रियुगा नगरपालिकाको मेयर बलदेव चौधरीको प्रमुख आतिथ्य तथा अतिथिहरुको आतिथ्यमा समापन कार्यक्रम भएको थियो ।

कार्यक्रममा बोल्दै मेयर चौधरीले भने अहिलेको जस्तो एकलौटी कार्यक्रम नगरि सवै पक्षले साझेदारीमा महोत्सवको आयोजना गर्नु पर्ने बताए । नगर उद्यमीहरुको पक्षमा रहेकोले जुन बेलापनि समन्वय र सहयोग गर्न तयार रहेको मेयर चौधरीले बताए ।

घरेलु स्थानिय उद्यम र उद्यमीहरुको महत्व बुझ्दै भएपछि यस्ता महोत्सवहरु ऋझ बृहत रुपमा हुने नेपाल पत्रकार महासंघ उदयपुर शाखाको उपाअध्यक्ष भोटराज राईले बताए ।

त्रियुगा उद्योग बाणिज्य महासंघ समन्वयन गर्न तयार भएकोले आगामी हुने महोत्सवमा आफुहरु सँगपनि समन्वय गर्न आग्रह गरेको छ । समन्वयन गर्दा सवै पक्ष समेटी र महोत्सवको लक्ष्य र उद्देश्य सहज रुपले हात पार्न सकिने बरिष्ठ उपाअध्यक्ष रमेश रसाईलीले बताए ।

महोत्सवलाई सफल पार्न सहायेग गर्ने सवै पक्षलाई धन्यवाद दिनै आगामी महोत्सवमा सवै पक्ष सँग समन्यन गर्दै अझ बृहत महोत्सवको अयोजना गर्ने अपेक्षा राखेको नेपाल घरेलु साना उद्योग महासंघ उदयपुरको अध्यक्ष मधुकर थापाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0