
पूर्णपुष्टि, बैशाख ३
भोजपुर र तेह्रथुममा चट्याङबाट २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तेह्रथुम, छथर गाऊपालिका ६ असिने बस्ने ९ बर्षीया बालिका रोहीता मगर र भोजपुर षडानन्द नगरपालिका ८ निगुरे बस्ने ६० बर्षीया मनमाया राई रहेका छन् ।
बिहीबार बेलुका ७ बजे बालिका मगरको आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेको थियो । उनीको बाँया साईडको टाउको देखि घाँटी सम्म जली अचेत अवस्थामा रहेकी उपचारको लागी तयारी हुँदा हुदै राती सभा ११ बजे घरैमा मृत्यु भएको थियो । यता राईको पनि सोही दिन बेलुका ६ बजे आफ्नै घरमा बसीरहेको अवस्थामा अचानक चट्याङ लागेर मृत्यु भएको हो । चट्याङले लागेर टाउकोमा चोट लागी घाईते भएकी उनको प्राथमिक स्वास्थ्य केन्द्र मुलपानी गौचरण दिङ्लामा उपचारको क्रममा बेलुका साढे ७ बजे मृत्यु भएको जनाएको छ ।
