Monday, June 22News That Matters

चट्याङले लागेर एकको मृत्यु, दुईजना घाईते

पुर्णपुष्टि, बैशाख २६ आज बिहान पानी सहितको चट्याङले लागेर मोरङको छुट्टा छुट्टै स्थानमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाईते भएका छन् । बिहान पौने ९ बजे रंगेली नगरपालिका–१ हाटखोला का ३० वर्षीय प्रबिन माझीको चट्याङले लागेर मृत्यु भएको हो । बारीमा काम गरिरहेको बेलामा चट्याङ्मले लागेर गम्भिर घाईते भएका प्रविनलाई उपचारको लागि रंगेली अस्पताल पुग्ने बितिक्कै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ । त्यस्तै बिहान साढे ९ बजे मोरङकै जहदा गाउँपालिका–६ पोखरियामा बस्ने ४५ वर्षीय मुक्तर मिया अन्सारी र उनकै श्रीमती २६ वर्षीया जाननारा खातुनलाई आफ्नै घरमा रहेको बेला चट्याङको झट्का लागी घाईते भएका हुन् । श्रीमान श्रीमतिको कोशी अस्पताल बिराटनगरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।