
पूर्णपुष्टि, जेठ १४ गते ।
सिन्धुलीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । कमलामाई नगरपालिका–४ देउराली बस्ने बासु सापकोटाको चट्याङ लागेर मृत्यु भएको हो ।
कमलामाई नगरपालिका–६ रातमाटामा घर ढलान गर्ने क्रममा चट्याङ लागेर घाइते भएका सापकोटालाई उपचारको लागि अस्पताल लैजाँने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
अहिले शव पोष्टमार्टमका लागि सिन्धुली अस्पताल लगिएको प्रहरीले जनाएको छ ।
