Wednesday, May 6News That Matters

चट्याङ लागेर १ जनाको मृत्यु , १ जना घाईते

ताप्लेजुङ/भदौ ६ गते ।

ताप्लेजुङको फुङलिङमा चट्याङ् लागेर एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएको छ । फुङलिङ नगरपालिका – ८ निबासी ५६ वर्षीय मानबहादुर विकको चट्याङ लागेर मृत्यु भएको हो ।

विहिबार साँझ ७ बजे घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङ लागेर विकको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै फुनपा–१० निबासी ५० वर्षीय श्रीमाया तामाङलाई चट्याङ लागेर घाईते भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

साँढे ७ बजे घरमा बसिरहेको बेला एक्कासी परेको चट्याङले तामाङ घाईते भएको थियो । घाईते तामाङको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।