
“फुलेको तोरीलाई, बैंसआको छोरीलाई जोगाउनै गाह्रो”
पूर्णपुष्टि/उदयपुर, पुस १४ गते ।
चर्चीत लोकदोहोरी गायक नवीन पौडेलले नयाँ गीत बजारमा ल्याउनुभएको छ । विकृति र विसंगतीलाई चोटिलो व्यांग्य गर्दै “फुलेको तोरीलाई, बैंसआको छोरीलाई जोगाउनै गाह्रो” गीत भिडियोसहित बजारमा ल्याउनुभएको हो ।
उहाँले यसगीतमा महिला पुरुषबीचको विभेद, पितृसतात्मक समाजको असरलाई औल्याउदै अझ पनि महिलामाथिको असमानता कायमै रहेको देखाउनु भएको छ । महिलालाई खुल्लारुपले निस्किएर हिड्नलाई नकारात्मकरुपले हेरिने जस्ता साँगुरो सोचाईले महिलालाई अझ पनि अगाडी बढ््न गाह्रो बनाइरहेको तर्क दिनुभएको छ ।
पौडेल स्वयम्कै लय शब्द र स्वर रहेको “बैंस आँकी छोरी” गीतमा पूर्णकला बिसि र भुमिका शाहले स्वरमा साथ दिएका छन् ।
रक्षा म्युजिकले बजारमा ल्याएको यस गीतको भिडियोमा चर्चित हाँस्य कलाकार शिवहरी पौडेलको अभियन रहेको छ । आमाको भुमिकामा रेखा थापा र छोरीको भुमिकामा टीका जैशी रहेका छन् ।
उहाँले यसअघि, के सम्झनु छर जान्न मत त्यो घर, रातो डोरी कपाल लर्केको, सत्य खान्छु कसम, आजै भेट भाको बटौली आको म परेँ पाल्पाको, श्रीनगर बतासे डाडैमा, यस्तै हुन्छ भन्नेभा लाउने थिइन माया ब’ढिकन्या बन्नेभा, हरेक जातजाती छौं नानाथरी, बुलाकी लाउदिनौं झुम्काना लाउदिनौं, ए हजुर सुन्नुभाछर, सत्यकुरा बोल्छु नेपालमा आम्दानी राजनितिमा रैछ यहिबर्षभित्रमा नयाँ पार्टी खोल्छु लगायतका दर्जनौ गीतहरु गाईसक्नु भएको छ ।
स्टेजमा धुम मच्याउन सिपालु गायक पौडेल लोकदोहोरी क्षेत्रका यथार्थपरक, समयसापेक्ष गीत गाएर देश विदेशमा चर्चीत हुनुहुन्छ । अन्तराष्ट्रिय कलाकार मञ्च नेपाल च्याप्टरका उपाध्यक्ष, प्रस्तोता समाज नेपालका कार्यकारी सदस्य पौडेल राष्ट्रिय
लोक दोहोरी प्रतिष्ठान नेपालका पूर्व केन्द्रिय सदस्यसमेत हुन् ।
https://www.youtube.com/watch?time_continue=163&v=91ZrKJkG-xU