
जमाना गजबकै छ । चर्चीत मानिसको कट्टुको नि चर्चा हुन्छ । हो अहिले जर्मनीका चर्चित तानाशाह हिटलरको कट्टुको चर्चा चलेको छ ।
ठूलो रकममा विक्री भएको उसले प्रयोग गरेको कट्टुको चर्चा अहिले चलेको छ । उसले प्रयोग गरेको कट्टु झन्डै ६० हजार रुपैयाँमा बिक्री भएको अन्तराष्ट्रिय मिडियाहरुले जनाएका छन् ।
अमेरिकामा भएको एक लिलामीका क्रममा हिटलरको कट्टु ५५ सय अमेरिकी डलरमा लिलाम भएको जनाइएको छ ।
सेतो पाटे नाइलनको कट्टु निकै ठूलो आकारको १९ इन्च लामो थियो । कट्टुमा हिटलरको नाम जनाउन ए एच लेखिएको थियो ।
प्रकाशित मिति-२०७४ असोज ११ गते