Tuesday, June 9News That Matters

चलचित्र ‘छक्कापञ्जा ४’ले पहिलो सप्ताहन्त ३ करोडभन्दा बढीको कमाई

पूर्णपुष्टि,फागुन २१ । नेपला चलचित्र ‘छक्कापञ्जा ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त मै कमाइ गरेको छ । शुक्रबार र शनिबार ३ करोडभन्दा बढी हाराहारीमा ब्यापार गर्दै फिल्मले नेपाली फिल्मलाई आर्थिकरुपमा चलायमान बनाएको हो ।

शुक्रबार १ करोड ओपनिङ गरेको फिल्मले दोस्रो दिन दुई करोडसहित उछाल कमाइ गर्‍यो । शनिबार देशभरका मल्टिप्लेक्सदेखि सिंगल हलहरु शतप्रतिशत रहे । मल्टिप्लेक्सले आइतबारदेखि फिल्मको शोजमा वृद्धि गरेका छन् ।

आगामी सोमबार, मंगलबार र बुधबार फागूपर्व र नारी दिवसको सरकारी बिदाले फिल्मको कमाइमा थप उछाल आउने प्रक्षेपण गरिएको छ । वितरक मनोज राठीले पहिलो सप्ताहन्त फिल्मले तीन करोडभन्दा बढी कमाइ गरेको जानकारी दिए । फिल्मको कूल कमाइमा मल्टिप्लेक्स र सिंगल पर्दा दुबैको योगदान उच्च छ । काठमाडौं उपत्यकासहित मोफसलमा समेत फिल्मको कमाइ उच्च देखियो । चलेको ब्राण्ड भएकाले पनि छक्कापञ्जाको ओपनिङ आक्रामक हुने प्रक्षेपण गरिएको थियो ।