Sunday, June 15News That Matters

चलचित्र ‘यारी’को उत्कृष्ट प्रदर्शन

प्रमिला वान्तावा राई/ धरान, फागुन ९ गते

-चलचित्र विकास बोर्डबाट यसैसाल सम्मान थापेको चलचित्र ‘यारी’ सोमबार धरानमा प्रदर्शन गरिएको छ । किरात राई जातिको मौलिक संस्कार, सँस्कृति, रितीरिवाजमा आधारित चलचित्र यारीको प्रदर्शनले भब्यता पाएको थियो भने दर्शकहरुले चलचित्र हेरिसकेपछि उत्कृष्ट रहेको प्रतिक्रिया दिए । किरात राई साँस्कृतिक कलाकार संघ सुनसरीको आयोजनामा धरानको गणेश टाकिजमा यारी प्रदर्शन भएको थियो ।

बीरबहादुर राई (युवराज) को लेखन, छायांकन तथा निर्देशनमा बनेको फिल्ममा किराती संस्कृतिलाई जिवन्त उतार्न खोजिएको छ । गाउँमा आउने विकासले सँस्कार तथा संस्कृतिलाई मेट्दै गएको तितो यथार्थ चलचित्रमा त्यसलाई इंगित गरिएको निर्देशक राईले बताउनुभयो ।

चलचित्र यारीको अर्थ किरात राईमा भविष्यवाणी रहेको निर्देशक राईले बताउनुभयो । चलचित्रमा राईहरुको कला, भेषभुषा, संस्कार, संस्कृतिहरु झल्काउदै अवको पुस्ताले सचेतरुपमा आप्mनो भाषा, संस्कार, संस्कृति, भेषभुषा, रितिरिवाजलाई संरक्षण र सम्बद्र्धन नगर्ने हो भने संकटमा पर्नेप्रति सचेत गराइएको छ ।

भोजपुर, खोटाङ र सोलुखुम्बू जिल्लाको विभिन्न ग्रामिण भेगमा छायांकन गरिएको यारीमा निर्भिक राई, विस्मिता राई, श्याम राई जाइका राई लगायतको अभिनय छ । डक्टर किरात र पदम राईको संगित रहेको चलचित्रको पाश्र्व गायनमा रुपकुमार राई, मेलिना राई, निश्चल राई, भिषण राई र सुनिता थेगिम रहेका छन् । जनक राईको नृत्य निर्देशन रहेको छ । मौलिकतालाई प्रामिकता दिइएकाले चलचित्र राम्रो वनेको दर्शकहरुको प्रतिक्रिया छ ।

चलचित्र हेर्न धरान, इटहरी लगायत विभिन्न ठाउँका दर्शक आएको आयोजक संस्थाका अध्यक्ष चन्द्र बान्तावाले बताउनुभयो ।

प्रदर्शनीमा किरात राई यायोक्खा केन्द्रीय अध्यक्ष तीलक राई, नेपाल चलचित्र विकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राई, किरात राई सांस्कृति कलाकार संघका केन्द्रीय उपाध्यक्षद्वय रामकर राई र शालिक सतासक राई लगायतको उपस्थिती थियो ।