Friday, February 7News That Matters

चार दिनको लगतार पानीले गाईघाट डु्वान

 

गाईघाट/असार, २७

लगतार परेको पानीका कारण गाईघाटको बिभिन्न ठाउँहरु डुवानमा परेको छ । गाईघाट स्थित मुख्य चोकहरु र मुख्य सडकहरु नै डुवानमा परेको छ । मेनचोक, पुरानो तरकारी बजार र वरुवा पुल आसपासका वस्तिहरु पूर्ण रुपमा डुवानमा परेको छ ।

बजार लगाएतको मुख्य चौक र सडकहरुमा पानी बग्ने र जम्ने भएपछि व्यापारी तथा स्थानीयहरु समस्यामा परेको छ । घर छिर्ने र व्यापार गर्ने समेत ठाउँ नरहँदा समस्या परेको व्यापारी कर्णशेर राईले बताए । उचित नालीको व्यवस्थापन नहुदा पानी रोड बाट बग्ने गरेको राईले बताए ।

खासै पानी ठुलो नभएता पनि पानीको क्षमता अनुसारको नालीको व्यवस्था नहुनाले पानी माथी बाट बग्ने गरेको राईले बताए ।

यता मेनचोकमा पनी पानीले समस्या पारेको छ । रोडमा बगेको पानी सिधै नालीमा जाँदा रोड र आसपासका व्यापारीहरुलाई मारमा पारेको छ ।

मेनचोकमा खहरे खोला

स्थानीय तथा व्यापारी जय नेपाल शाहले नगरपालिकाको नमुना कामका कारण यस्तो अवस्था भएको बताए । उनले नाली बनाउँदै पहिलै बिचार पुराएर बनाएको भए यस्तो अवस्था नहुने बताए । पानी रोड भत्काउँदै सिधै नालीमा खोला जसरी बगिरहेको छ ।

हरेक बर्ष गाईघाट बजार तथा आसपास क्षेत्र डुवान हुने अवस्था उस्तै रहेको छ । रोड तथा खाल्डोहरुमा पानी जमे पछि सवारी साधनहरु पनि समस्यामा परेको छ । उचित नाली र पानिको क्षेत्र अनुरुपको नाली नवन्नाले घर डुवानमा परेको छ ।

स्थानीय लक्ष्मी प्रसाद सुवेदीले जताततै पानी जम्ने र बग्ने हुदा विद्य्यार्थी तथा बच्चाहरुलाई जोगाउन मुस्किल परेको बताए । उनले आफ्नो घर आसपासमा नाली निर्मांंण नहुदा पानी घर भित्रै पसेर समस्या भएको बताए ।

रोडभरी जमेको पानीले सानो बच्चाहरुलाई जोगाउन मुस्किल परेको छ । स्कुल सम्म जान नसक्ने गरी पानी रोडभरी बग्दा खाल्टा खुल्टी र नालीमा पर्ने हुनाले बच्चाहरुलाई समस्या परेको छ ।

                                        पिस जोन बोर्डिङ जानो बाटो

हरेक बर्षको बर्खामा पानीले यस्ता समस्या पारेको सबै सम्बन्धित निकायहरुलाई प्रष्टै भएता पनि यसको समाधान भने अझै हुन सकेको छैना ।

 

      असारी रोड
 असारी रोड पुरानो तरकारी बजार
बरुवा पुल आसपासका वस्तिहरु

 

 

असारी रोड पुरानो तरकारी बजार स्थित होटलहरु ढुवानमा