
पूर्णपुष्टि, असोज ११
उदयपुर–जिल्ला प्रहरी कार्यालय उदयपुरले बालिकालाई ठक्कर दिई फरार मोटरसाईकल चालकलाई पक्राउ कारवाही थालेको छ ।
पक्राउ पर्नेमा कालिका कन्स्ट्रक्सन कार्यरत इन्जिनियर गौरब पौडेल रहेका छन् । उनलाई चितवनबाट ठक्कर दिने ना ४५ प ३८०८ नम्बरको बुलेट मोटरसाईकलसहित प्रहरीले पक्राउ गरेको जनाइएको छ । उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा बुझाइएको छ ।
सोमबार उदयपुरको बेलाका नगरपालिका ५ की ७ बर्षिया बालिका आरती सदालाई ठक्कर दिँदा बालिकाको मृत्यु भएको थियो । उनीमाथि कारवाही अगाडी बढिसकेको जिल्ला प्रहरी प्रमुख एसपी नवराज भट्टले बताए ।