
साउन १५ गते ।
चिल्लो कुरा गर्न नजान्ने कंगना अर्थात कन्टोभर्सी क्विन विवादको घेराबाट बाहिर निस्क नै सक्दैनन् । कसैको मन राख्नका लागि चिल्लो कुरा गर्न नजानेकै कारण कतिपयले कंगनालाई नरुचाएको हो ।
अभिनेत्री कंगना रनौतले आफ्नो स्वभाव परिवर्तन नहुने र बनावटी जीवन बाँच्नुमा विश्वास नगर्ने, सत्यलाई सत्य तथा झुटोलाई झुटो भन्न कति पनि बाकि नराख्ने धारणा व्यक्त गरेका छन् । उनको यस्तै ठाडो बोलीका कारण बलिउड उद्योगमा दुश्मनहरुको संख्या दिन प्रति दिन बढ्दै गैरहेको छ ।
प्रसस्त काम पाइरहेकी कंगनालाई यस्ता कुराको कंगनलाई कुनै मतलव छैन । आजसम्म जती पनि काम गरिरहेको फिल्महरुमा उनी स्वयं नै हीरो हुन् । उनले निर्वाह गर्ने भूमिका पनि प्रभावकारी हुन्छ र अरु अभिनेत्रीहरु भन्दा उत्कृष्ट पनि छ । ठूला अभिनेताहरुको फिल्ममा केवल शो–पीसको रुपमा मात्र देखा पर्छन् ।
यसरी खुलेर बलिउडका ठूल–ठूला सेलिबे्रटीसँग पंगा लिएक कंगनाले सवै अभिनेताले उनीसंग शायदै कुनै फिल्ममा अभिनय गर्न मन पराउने छन् ।
कंगना बलिउडका दिग्गज निर्माता निर्देशकका विरुद्ध समेत लडिसकेकी छिन् । अहिले काम पाईरहेको भएपनि भविष्यमा सुपरस्टारहरुका फिल्महरुमा भने उनको सम्भावना अत्यन्त न्यून छ । झगडै नगभएको बेला पनि उनले सुपरस्टारहरुका फिल्ममा काम गर्ने मौका पाएको छैन ।