
साउन १३ गते ।
चिनको दक्षिणी क्षेत्रमा गएको पहिरोमा परी ३६ जना भन्दा बढीको मृत्यु भएको छ । गुईझाउ प्रान्तमा दर्जनौ घरहरु पुरीएको छ भने १५ जना अझै बेपत्ता भएको सरकारी संचार माध्यमहरुले जनाएको छ ।
पहिरोमा परेका ४० जनालाई उद्धार गरिएको अधिकारीहरुले बताएका छन् । अविरल परेको वर्षाले चीनका केही क्षेत्रमा घटना घटेको जनाईएको छ ।
स्थानिय एक विद्यालयलाई आपत्कालीन स्वास्थ्य तथा उद्दार केन्द्र बनाईएको छ । सरकारले ४४ लाख अमेरिकन डलर उद्दार र विस्थापितहरुको पुनस्र्थापनाको लागि छुट्याएको जनाईएको छ ।
अविरल वर्षाले दुर्गम पहाडी क्षेत्रमा गएको पहिरोमा परि बालबालिका र एक सन्तानकी आमाको मृत्यु भएको जनाकारी पाएको अधिकारीहरुले जनाएको छ ।