
पूर्णपुष्टि, जेष्ठ १६
संविधान सभा सदस्य भेष कुमारी राउतले हाल सरकारले ल्याएको बजेट चुनावी प्रचारका लागि मात्र रहेको बताउनुभयो । चुनावी परिकल्पनाको बजेटले जनताको परिकल्पनालाई भने कुनै पनि हालतमा सम्बोधन नगरेको राउतले बताउनुभयो । सरकारले माहामारीको बेलामा जनताहरुलाई चुनावी प्रचारको लागि झुक्याउने बजेट ल्याएको र यसको कुनै कार्यन्वयन नहुने बताउनुभयो ।
यो बजेटले कुनै पनि हालतमा चुनाव नहुने र बजेटको कार्यन्वय पनि नहुने बताउनुभयो । राउतले सरकारले यसरी ल्याउने बजेटका लागि कुनै पनि निति नबनाएको र यो बजेट महत्वकांक्षी कार्यान्वयन नहुने प्रकारको बजेटको रुपमा प्रस्तुत भएको बताउनुभयो । राउतले बिभिन्न क्षेत्रमा छुट्याइएको र बाँडेको बजेटमा पनि स्वार्थ लुकेको बताउनुभयो । हाउँले भोटको लोकप्रियतामा ब्यवसायी, उद्योगी, जेष्ठ नागरिक, कर्मचारी, अपाङगता लगायतलाई चुनावी बजेट छुट्याइएको समेत बताउनुभयो ।
राउतले तलब बढेको, भद्धा बढेको कुरामा धेरै उत्साहित नहुन पनि अनुरोध गरिन् । कानुन नियम र संविधान विरुद्धमा संसदको ढोका बन्द गरी झ्याल बाट ल्याएको बजेट ललिपव देखाएर सरकारले जनताहरुलाई बाँडेको उहाँले आरोप लगाउनु भयो ।
उहाँले पहिलो कुरा स्वास्थ्य कुरमा छुनु पेर्ने बजेट त्यो पुरा नभएको बताउनुभयो । धेरै बिरामीहरु बेड नपाएको अवस्था छ, औषधी खान नपाएको अवस्था छ । अक्सिजन नपाएको अवस्था छ । त्यहाँ सरकारको कुनै ध्यान नभएको र विकासे बजेटमा पनि ध्यान नपुगेको बताउनुभयो ।
बजेटले उदयपुरको विकासलाई पनि ध्यान नदिएको उहाँले बताउनुभयो । बाटोघाटो र स्वास्थ्य क्षेत्रमा उदयपुरमा बजेटले नछोएको बताउनुभयो । उहाँले बर्षौ देखि कटारी घुर्मि र मिर्चैयाँको ससडक सुधारका लागि लडेको जनताको रिजल्ट पनि फेल खुवाएको बताउनुभयो । यस क्षेत्रमा पनि सरकारले बजेटमा कुनै चासो नपुराएको बताउनुभयो ।
