पूर्णपुष्टि, कार्तिक २७ गते ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन आउन अब मात्रै एक हप्ता बाँकी हुँदा सवारी साधनको टिकट बुकिङ बढेको छ । काठमाडौँबाट विभिन्न गन्तव्यमा भोट हाल्न जानेहरुको संख्या बढेपछि टिकट बुकिङ बढेको हो ।
नेपाल यातायात व्यवसाय राष्ट्रिय महासंघका अनुसार निर्वाचनमा मतदाता गाउँसम्म लैजान बस बुकिङका लागि राजनीतिक दलका उम्मेदवार, नेता तथा कार्यकताएले धमाधम बुकिङ गरेको बताए । महासंघले गतहप्ता निर्वाचनमा खटिएका नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका लागि दुई सय ८५ बस उपलब्ध गराएको थियो ।
