Tuesday, July 7News That Matters

चुहाडे भेटघाट कवर्ड हल एण्ड रेष्टुरेन्टमा न्यु यर इभ सांगितक कार्यक्रम हुने

पूर्णपुष्टि, पुष १३ । नयाँ बर्ष २०२३ को अघिल्लो दिन न्यु यर इभ शनिवार सांगितिक साँझ भव्य हुने भएको छ । चुहाडेमा रहेको भेटघाट कवर्डहल एण्ड रेष्टुरेन्टको आयोजनामा सस्तो र मिठो खाना सहित सांगितिक कार्यक्रमको आयोजना गरिने जनाईएको छ ।

हलका संञ्चालक राज खड्काका अनुसार नयाँ बर्षको अघिल्लो दिन कार्यक्रमको आयोजना गरिने जनाए । खड्काले भने” यसका लागि सम्पूर्ण तयारीहरु गर्दै आएको छौँ । सम्पूर्ण दर्शक महानुभावहरुमा शनिवारको दिन उपस्थितिका लागि हार्दिक अनुरोध छ । खड्काका अनुसार अग्रेजी बर्षको अघिल्लो दिनलाई न्यु यर इभको रुपमा मनाईने जनाए । सोहि अन्तर्गत भेटघाटले पनि सनिवार साँझ भव्य सांगितक कार्यक्रमको आयोजना तयारी गरेको जनाएका छन् ।