
पूर्णपुष्टि, कात्तिक २२
ट्राफिक सचेतना अभिवृद्धिका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सांगीतिक डमी अभियान सुरु गरेको छ । गीतबाट सडक प्रयोगकर्तालाई ट्राफिक नियम सिकाउन शनिबारदेखि यो अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।
प्रख्यात व्यक्ति तथा राष्ट्रिय कलाकारहरूको स्वरमा सन्देश सहितका अडियो क्लिप तयार पारिएको छ । दैनिक ६ घण्टा बानेश्वर, कोटेश्वर, रत्नपार्क, कंलकी र नयाँ बसपार्कमा डमीले अडियो सन्देश प्रवाह गर्नेछ ।
गत भदौ १६ देखि महाशाखाले काठमाण्डौं महानगरपालिकाको सहयोगमा उपत्यकाका ४५ स्थानमा डमी ट्राफिक राखेको छ ।
डमी ट्राफिक सफल भएपछि सांगीतिक अभियान सञ्चालन गरिएको महाशाखाले जनाएको छ ।
