Friday, February 7News That Matters

चौदण्डिगढीको सार्वजनिक सुनुवाई सम्पन्न

उदयपुर, चैत्र १८ गते ।

चौदण्डिगढी नगरपालिकाले दोस्रो चौमासिक सार्वजनिक सुनुवाई गरेको छ । पालिकाको आयोजना र पानस उदयपुरको सहजीकरणमा वडा नं ४ को सभाहमा आइतबार सार्वजनिक सुनुवाई गरेको हो ।

कार्यक्रममा सहभागिहरुबाट आएका सल्लाह सुझाव र प्रश्नको उत्तर दिदै दिगो विकासका लागि नरपालिका सधै तयार रहेको चौदण्डिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए । नगरले जनताको सेवालाई मध्ये नजर गर्दै चुस्त दुरुस्त र पादर्शी ढङ्गले विकासको काममा लागि पेरेको  राईले बताए ।

विकासको काममा सवैको उतिकै हात हुने भएकाले एकजुट भएर दिगो विकासको काममा लाग्नु पर्ने राईले बताए ।

कार्यक्रममा जनप्रतिनिधि, राजनीति दल, पत्रकार र नागरिकहरु सहभागि भएका थिए ।