Thursday, June 18News That Matters

चौदण्डीगढीको ज्यामिरेमा हायक्स दुर्घटनामा परी एकको मृत्यु

पूर्णपुष्टि,वैशाख १८ । उदयपुरको चौदण्ढी नगरपालिका–९, स्थित ज्यामिरेमा सडक दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । आईतवार साझ बेल्टारबाट सदरमुकाम गाईघाट तर्फ जाँदै गरेको बा ४ ख ६३१२ नम्बरको हायक्स आफै अनियन्त्रीत भई दुर्घटना हुँदा पैदल यात्री चौदण्डीगढी–९,का स्थानीय ललित प्रसाद पञ्जियारको मृत्यु भएको हो ।

चौदण्डीगढी नगरका प्रमुख कालुमान लामा सहित ईलाका प्रहरी कार्यालय बेल्टारबाट खटिएको नेपाल प्रहरीको टोलीले घाईतेको उद्दार गरेर धरान स्थित विपिकोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएकोमा उपचारको क्रममा घाईते पंञ्जियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । हायसमा चालक मात्र रहेकाले थप मानविय क्षति नभएको प्रहरीले बताएको छ ।

सवारी चालक जिल्ला सप्तरी कंचनरुप नगरपालीका वडा नम्बर १२ बस्ने रमेश पौडेल ईलाका प्रहरी कार्यालय बेल्टारले नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको छ ।