
पूर्णपुष्टि, जेष्ठ १३
चौदण्डीगढीका कृषकहरुले धानको विउ पाएका छन् । धान रोप्ने सिजन सँगै चौदण्डीगढी नगरपालिकाले आफ्नो पालिकामा रहेको कृषकहरुलाई धानको विउ उपलब्ध गराएको हो ।
धानको विउ नगर प्रमुख खगेन्द्र राई, उप्रमुख रिताकुमारी चौधरी, संयुक्त टोलीले बिहिबार कृषकहरुलाई विउ वितरण गरेका छन् । नगरले कृषकहरुका माग अनुसारकै धानको विउ लाल वास्मति, बहुगणी, स्वर्णसव, कान्छि मुन्सुली, काला नामक, सानो मुम्सुली, रामधान लगायतका ९ प्रकारका बिउ उपलब्ध गराएको छ ।

कृषकको २५ प्रतिशत लगानी र पालकालिको ७५ प्रतिशत अनुदानमा आज (विहिबार) ६ नं. वडा स्थित आँपखहरे सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा वितरण गरेको हो ।
आन्तरिक कृषि कार्यक्रम र चक्लाबन्दी क्षत्रको लागि १४ मेट्रिक्टन विउ खरिद गरिएको हो । सो मध्ये चक्लाबन्दीका कृषकहरुकालाई ३० हेक्टर खेतको लागि १५ क्वीन्टल ५ नं. वडाको सुन्दरपुर र १० नं. वडाको हडियामा गत १० र ११ मा वितरण गरिएको कृषि शाखाका छैटौ अधिकृत नारायणप्रशाद साहले जानकारी दिए ।
