
राजेन्द्र दुष्ट/पूर्णपुष्टि, पुस १६ ।
चौदण्डीगढी नगरपालिकाले भ्रमण वर्ष २०२० को बुधबार भब्य स्वागत गरेको छ । ऐतिहासिक एवम् पर्यटकीय स्थल चौदण्डीगढीमा एक विशेष समारोहको आयोजना गरी भ्रमण वर्षको स्वागत गर्नुका साथै भ्रमण वर्षको सुरुवात गरेको हो ।
नेपाल सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० को चौदण्डीगढी नगरपालिकाले १३ औ सागमा पदक विजेता जिल्ला भरिका खेलाडिहरुलाई सम्मान पनि गरेको छ । ंअंग्रेजी नयाँ वर्ष (जनवरी १) लाई स्वागत गर्दै कार्यक्रमको संघीय सांसद प्रमिला राईले उद्घाटन गर्नु भएको हो । विहान ७ बजे नगरपालिकाको प्रांगणबाट (राईड टु चौदण्डीगढी साईक्लिङ) संगै विभिन्न जातजातिको झाँकी सहित निस्केको ¥यालीले बेल्टार बजार परिक्रमा गरी कार्यक्रम स्थल चौदण्डीगढी दरबार तर्पm प्रस्थान गरेको थियो । कार्यक्रममा भर्खरै सम्पन्न १३ औ दक्षिण एशियाली खेलकुद (साग)मा विभिन्न विधामा विजेता भई पदक विजेता खेलाडीहरु र तीन जना प्रशिक्षकहरुलाई जनही ४० हजार, ३० हजार र २० हजारको नगद र प्रमाण–पत्रले संघीय र प्रदेश सांसद लगायत अन्य अतिथिहहरुद्धारा सम्मान प्रदान गएिको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि सांसद प्रमिला राईले भन्नु भयो, “जिल्लामै पहिलो पटक नेपाल सरकारको योजना कार्यन्वयन गरेकोमा खुसि लागेको छ, यो नगरपालिकाले ऐतिहासिक कार्यक्रमले समग्रह ऐतिहासिक चौदण्डीगढी दरबार र यस क्षेत्रलाई विश्व सामु चिनाउनसाथै पर्यटन प्रवद्र्धनमा पूर्ण सहयोग गर्ने छु ।”
कार्यक्रममा प्रमुख आतिथ्यको सम्मान गरेकोेमा स्थानीय र आयोजकलाई धन्यवाद समेत दिदै भ्रमण वर्षको शुभकामना व्यक्त गर्नु भयो ।
कार्यक्रममा प्रदेश सांसदहरु विमल कार्की, अम्विका थापा, सञ्जा दनुवार, प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, पत्रकार सेनानी कौशल चेम्जोङ, बेल्टार बसाहा उद्योग वाणिज्य संघका अध्यक्ष पवन कार्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष शम्भू पौडेल, नेपाली कांग्रेसका क्षेत्रीय सभापति भोजराज खतिवडा, समाजवादी पार्टीका अध्यक्ष गोपाल राई, लगायतले ऐतिहासिक कामको शुरुवात भएको भन्दै शुभकामना व्वक्त गर्नु भयो । त्यसैगरी नेपाल सरकारले सन २०२० लाई भ्रमण वर्षकोरुपमा घोषणा गनुको उदेश्य भनेको २० लाख पर्यटक भित्राएर नेपाली नागरिकलाई रोजगारी र समृद्ध नेपाल बनाउने प्रमुख लक्ष्यलाई साकार पार्न र ऐतिहासिक नगरीलाई राष्ट्र र अन्तराष्ट्र सम्म परिचित तथा चिनाउनको निम्ति आयोजना गरिएको कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख खगेन्द्र राईले बताउनु भयो । कार्यक्रमा (राईड टु चौदण्डीगढी) का साईक्लिङका ३ जना युवाहरुले साईकल स्टन र राष्ट्रिय सेवा दल (एनसिसि)ले विभिन्न राष्ट्रभावका परेड प्रदर्शन गरेका थिए । कार्यक्रमको वीच÷बीचमा किरात राईको साकेला, तामाङ सेलो, मगरको हुरर्रे नृत्य, नेवार समुदायको लाखे, थारु जातिको परम्परा नृत्यहरु समेत प्रस्तुत गरिएको थियो ।नगर प्रशासकिय अधिकृत शिवप्रशाद हुमेगाईको पाहुनालाई स्वागत मन्तव्य रहेको कार्यक्रममा उपप्रमुख रिताकुमारी चौधरीले कार्यक्रमलाई सफल बनाउन सबै पक्ष लागि परेकोमा व्यवस्थापक लगायत विभागिय समितिलाई धन्यवाद दिनुभएको थियोे । कार्यक्रम स्थलमा त्यहाँका स्थानीयले उत्पादन गरेका खानाका परिकारहरु कोदोको ढिडो, मकैको च्याख्ला, सिस्नुको तरकारी, साधेको गुन्द्रुक, स्कुसको तरकारी लगायतको व्यवस्था गरी आगन्तुकहरुलाई ग्रहण गराईएको थियो । नगरपालिकाको आयोजना र १ नं. वडको व्यवस्थापनमा कार्यक्रम सञ्चालन गरिएको थियो । विभिन्न क्षेत्रका नागरिकहरुको हजारौको संख्यामा उल्लेखनिय उपस्थिति रहेको थियोे । कार्यक्रम नगर स्वास्थ्य शाखाका प्रमुख तेजबहादुर पोखरेलको संचालनमा नगरप्रमुखको सभापतित्वमा समापन भएको थियो ।
तस्बिरहरु :


