Monday, June 29News That Matters

चौदण्डीगढी फेरी कोरोना मुक्त नगरपालिका

पूर्णपुष्टि, असार ५ ।

एकजना को*रो*ना संक्रमित भेटिएको उदयपुरको चौदण्डीगढी नगरपालिका आजदेखि फेरी को*रो*नामुक्त पालिका बनेको छ । पालिकाको वडा नं ५ का महमद आजादलाइ को*रो*ना संक्रमण पुष्टि भएपछि उपचारका लागि विराटनगर स्थित कोशी को*रो*ना अस्पताल लगिएकोमा आज डिस्चार्ज भए । दशदिनमै को*रो*नालाइ जित्न सफल भएपछि उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

उनी संक्रमित पुष्टि भएपछि पालिकामा परिक्षणका काम भएपनि कसैमा को*रो*ना पोजेटिभ नदेखिएको र उनी अस्पतालबाट डिस्चार्ज भइ घर फर्किएसंगै पालिका फेरी को*रो*ना मुक्त बनेको पालिकाका मेयर खगेन्द्र राइले बताउनुभयो ।

यो पनि…

बेल्टार (सातधारेमा) सुविधासम्पन्न आइसो*लेशन

चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले  बेल्टार सातधारेमा सुविधासम्पन्न आइसो*लेशन निर्माण भएको बताउनुभयो । ब्यवस्थित कोठा, बेड, खानेबस्ने, खानेपानी तथा चर्पी, बाथरुमको राम्रो व्यवस्थापन रहेको  साथै वाईफाई, विजुली, पंखाकोसमेत राम्रो व्यवस्था रहेको उहाँले बताउनुभयो ।

सयबेडको बनाउने लक्ष रहेको सातधारे आइसो*लेशनमा एउटा गाडी चौविसै घण्टा तयारी अवस्थामा राखिएको पनि मेयर राईले बताउनुभयो । को*रो*ना हस्पिटलहरु सं*क्र*मि*तले भरिएर राख्ने ठाउँसम्म अभाव हुन थालेपछि सं*क्र*म*न देखिए पनि स्वास्थ्य अवस्था सामान्य रहेकाहरुलाई जिल्लाकै आइसो*लेशनमा राखिने, स्वास्थ्यमा जटिलता देखिएमा तत्कालै एम्बुलेन्सबाट को*रो*ना हस्पिटल लैजाने व्यवस्था मिलाइएको मेयर राईले बताउनुभयो । जिल्लाका नागरिकहरूलाइ तत्काल उपचार र उद्दार होस् भन्ने हेतुले सबै पालिका मिलेर यो कार्य गरिएको उहाँले बताउनुभयो ।