
सविना राई
भोजपुर (हतुवागढी), भदौ ३१ गते ।
हतुवागढी गाउँपालिका १ स्थित भिमेश्वरी आधारभूत विद्यालयमा विद्यार्थीहरुमा अनौठो विमार देखिएको छ । गत भदौ २० गतेदेखि अनौठो विमार देखिएको हो । हालसम्म छात्राहरुमा मात्र उक्त विमारी देखा परेको विद्यालयले जनाएको छ ।

विद्यालयका प्रधानाध्यापक हर्कराज प्रधानका अनुसार विद्यार्थीहरुमा एक्कासी चिच्याउने, कराउने,लछारपछार हुने, ठूलो र छिटो स्वास फेर्ने र बेहोस् समेत हुने गरेका छन् । विद्यालयमा चार/पाँच जना विद्यार्थीमा यो समस्या देखिएपछि तीनदिनका लागि विद्यालय बन्दसमेत गरिएको थियो । घरमा सन्चो हुने बालबालिकाहरु विद्यालयमा विरामी हुने र विरामीको संख्या बढ्न थालेपछि विद्यालयले बैंठकबाटै निर्णय गरी विद्यालय बन्द गरेको थियो ।
तीनदिनपछि विद्यालय सञ्चालन ल्याउदा पनि अर्की एक छात्रामा समस्या देखिएको विद्यालयले जनाएको छ । विरामीको बारेमा विद्यालयले के भएको हो भन्ने केही हेक्का नपाएको जनाएको छ ।
