Friday, February 7News That Matters

छुट्टै नृत्य बिभागको माग गर्दै हस्ताक्षर संकलन अभियान

 

गाईघाट/ साउन, १७

१ नं प्रदेशभरि रहेका नृत्य कलकार तथा संगठनहरुले नृत्य बिभाग पनि सरकारले छुट्टै व्यवस्था गर्नुपर्ने माग राखेको छ । शुक्रबार उदयपुर आईपुगेका टोलीले पत्रकार संम्मेलन तथा अन्र्तक्रिया कार्यक्रम गर्दै उदयपुरमा हस्ताक्षर संकलन कार्यक्रम राखेका थिए ।

१ नं प्रदेशभरी रहेका १४ ओटै जिल्लामा सकारलाई दबाब स्वरुप हस्ताक्षर संकलन भईरहेको अभियानका प्रबक्ता शंकर विश्वकमाले बताए । थोरैमा पनि १४ हजार हस्ताक्षर संकलनगरी प्रदेश सरकारलाई बुझाउने अभियानको उदेश्य रहेको छ ।

उदयपुरको नृत्यकला ताल डान्सहाउसका प्रोपाईटर मिथुन ठाकुरले टोलीलाई स्वगत तथा कार्यक्रमका लागि सहजिकरण गरेका थिए ।

कला संस्कृतिको जगेर्ना गर्न सरकारले उति चासो नदेखाएको र सम्बन्धित कलकारहरुले मात्र यसको संरक्षण गर्न निकै कष्ठ परिरहेको भन्दै वर्तमान समयमा कला संस्कृतिको जगेर्ना गर्न सरकारले समेत ध्यान पुराउनु पर्ने अभियान टोलीको भनाई छ ।

कलकारहरुलाई सरकारी तह बाट कुनै पनि प्रकारको सेवा सुविधाहरु नभएको र राष्ट्रको गहनाको रुपमा मानिने कलकारहरुलाई उनिहरुको हक अधिकार र व्यवसायी कलकारीतामा सहज पुराउनको निमित सरकारले छुट्टै बिभागको व्यवस्थापन गर्नुपर्ने माग रहेको छ ।

अभियानमन टोलीले बिभिन्न ४ बुद्धामा आफ्नो माग प्रस्तुत गरेको छ । नेपाल सरकारले नृत्य क्षेत्रको विकास र हितको लागि छुटै नुत्य एकाडेमी स्थापना गर्नुपर्ने, नेपाली शिक्षण पाठ्यक्रममा नृत्य विषयलाई विषयगत अध्यापन गराइनुपर्ने, नृत्य क्षेत्रका विकास र यसको संरक्षणको लागि राज्यले बिषेश कार्यक्रमहरुको योजना र कार्यन्वयन गरिनुपर्ने, र नेपाल सरकारले स्थापना गर्ने नृत्य तथा कला संस्कृेतिका क्षेत्रमा विषयगत विज्ञानहरुको सहभागीता गराउनुपर्ने लगाएतका माग रहेको छ ।