
उदयपुर, असार ७ गते ।
उदयपुरको थारुहट रंगशाला गाईघाटमा सञ्चालन भएको छैठौँ रमपम उदयपुर गोल्डकपको उपाधी एपीएफ काठमाडौं (सशस्त्र प्रहरी क्लव) ले चुमेको छ । उपाधी चुमेसंगै सशस्त्रले नगद पाँचलाख नगद पुरस्कार प्राप्त गरेको छ । प्रतियोगिताको उपविजेतामा चित्त बुझाउन परेको गोर्खा ब्वाईज रुपन्देहीले नगद तीनलाख पुरस्कार प्राप्त गरेको छ । विजेतालाई १ नं. प्रदेशका मुख्यमन्त्री शेरधन राईले पुरस्कार र शिल्ड प्रदान गर्नुभयो । उपविजेतालाई पूर्व राज्यमन्त्री मञ्जुकुमारी चौधरी र त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले पुरस्कार प्रदान गर्नुभयो ।
शनिबारको फाईनल खेलमा एपीएफले रुपेन्देहीलाई ० को विरुद्ध १ गोल गर्दै गोल्डकपको उपाधी चुम्न सफल भएको हो ।
खेलको ७३ औं मिनेटमा सशस्त्रको तर्फबाट १४ नम्बरका खेलाडी स्याम नेपालीले पहिलो गोल गरेका थिए । पहिलो हाफसम्म दुबै टिमबाट गोल हुन नसकोको प्रतियोगितामा थपहरु गोल हुन नसकेपछि स्यामको गोलनै निर्णायक बन्न पुगेको हो । गोलकर्ता श्याम नै म्यान दफ दि म्याच पनि घोषित भए । उदयपुर गोल्डकपको छैठौं संस्करणसम्म सधै सहभागिता रहेपछि उपाधीको जीत भने यो नै पहिलो हो ।
दर्शकले खचाखच भरिएको रंगशालामा रुपन्देहीले अन्तिमसम्मनै दवावमुलक खेल प्रदर्शन गरेपनि पाएका अवसरहरु सबै चुकाएको थियो ।
प्रतियोगिताको सर्बोत्कृष्ठ खेलाडी सशस्त्रका २८ नम्बरका राजेन्द्र रावल घोषित भए । उनले ५० हजार नगद पुरस्कार प्राप्त गरे । खेलको सर्बाधिक गोलकर्ता रुपन्देहीका ७ नम्बरका फोफना घोषित भए । उनले जम्मा ३ गोल गरेका थिए । उत्कृष्ठ खेलाडी सशस्त्रका ११ नम्बरका नविन लामा घोषित भए । उत्कृष्ठ गोलरक्षकमा सशस्त्रका गोलकिपर अमृत चाौधरी भए । उत्कृष्ठ डिफेन्डरमा रुपन्देहीका १५ नम्बरका पेपे ट्रउरे घोषित भए । उत्कृष्ट मिडफिल्डर रुपन्देहीकै ११ नम्बरका नितिन थापा घोषित भए । प्रतियोगिताको उत्कृष्ठ प्रशिक्षक सशस्त्रका सुदिप श्रेष्ठ घोषित भए । त्यस्तै उदीयमान खेलाडीमा आयोजक उदयपुर–११ का १६ नम्बर खेलाडी सुदिप श्रेष्ठ घोषित भए । उत्कृष्ठ घोषित खेलाडीहरुलाई नगद १५ हजारका दरले नगद पुरस्कार प्रदान गरिएको थियो ।