Friday, February 14News That Matters

छैठौं रमपम उदयपुर गोल्डकपमा सशस्त्रको जीत सुरुवात

उदयपुर, जेठ ३२ गते । 

छैठौं रमपम उदयपुर गोल्डकपको पहिलोदिनको खेलमा न्यूस्टार फुटबल क्लव (सुनसरी)लाई १ को विरुद्ध २ गोल गर्दै सशस्त्र प्रहरी क्लवले जीतको सुरुवाती गरेको छ ।

उद्घाटन खेलको पहिलो हाफ दुबैटिमबाट विनागोल सकिएपछि दोस्रो हाफको १३ औं मिनेटमा सशस्त्रको जर्सी नं. ९ का  प्रविन स्यान्ताङले पहिलो गोल गर्न सफल भए । २८ औं मिनेटमा न्यूस्टारको तर्फबाट जर्सी नं. ८ का विदेशी खेलाडी अउरेल इनामेले १ गोल फर्काएका थिए । खेल बराबरी भएको ९ मिनेटमै अर्थात ३७ औं मिनेटमा सशस्त्रको तर्फबाट जर्सी नं. ११ का नविन लामाले गोल गरी टिमलाई अग्रता दिलाएका थिए । अन्ततः उनकै गोल निर्णायक बन्न पुगेपछि पहिलो चरणको खेलबाट सशस्त्र प्रतियोगितामा अगाडी बढेको छ ।

पहिलो खेलको म्यान अफ दि म्याच सशस्त्रका नविन लामा म्यान अफ दि म्याच घोषित घोषित भए । उनलाई प्रदेश सांसद सुनिता चौधरीले सात हजार नगदसहित मेडलले पुरस्कृत गरे ।

जिल्ला फुटबल संघ तथा मुख्य आयोजक समितिको आयोजना तथा उदयपुर सिमेन्ट उद्योगको मुख्य प्रायोजनमा भएको गोल्डकपको उद्घाटन एन्फाका केन्द्रिय अध्यक्ष कर्माछिरिङ शेर्पाले गरेका थिए ।