
पूर्णपुष्टि, असार १८
आफ्नै १५ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको अभियोगमा प्रहरीले एक पुरुषलाई पक्राउ गरेको छ । भक्तपुर चाँगुनारायण नगरपालिका–८ सुडाल बस्ने ओखलढुङ्गा घर भएका ३१ वर्षीय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
उक्त पुरुषले आफ्नै छोरीलाई गत जेष्ठ १० गते बिहान यौन दुव्र्यवहार गरेको उजुरीको आधारमा महानगरीय प्रहरी प्रभाग सुडालबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाएको छ । यस घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
