Wednesday, October 16News That Matters
३० आश्विन २०८१, बुधबार

जंगलि हात्तिको आक्रमणबाट एक महिलाको मृत्यु

उदयपुर, पुस १६ गते ।

उदयपुरमा जंगली हात्तिको आक्रमणबाट आईतबार एक बृद्धाको मृत्यु भएको छ ।

त्रियुगा नगरपालिका १२ की अन्दाजी ७० वर्षिया बृद्धा सावित्रा राईको हात्तिको आक्रमणबाट मृत्यु भएको हो ।

घाँस काट्न जंगल गएकी बृद्धालाई वडा नं. २ को लुहाले महिला सामुदायिक वन उपभोक्ता समुहको वनक्षेत्रको घनाजंगलभित्र हात्तिले आक्रमण गरेको हो । मृतक राईसंगै घाँस काट्न गएकाहरुले साँझ गाउँ फर्केर खबर गरेपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीबाट खटि गएको टोली र गाउँलेहरुले मृतक राईको शब उठाएर ल्याएको थियो ।

नेपाल प्रहरीका जिल्ला प्रमुख एसपी चन्द्रदेव राई र सशस्त्र प्रहरीका प्रमुख एसपी जयबहादुर खड्का कै कमाण्डमा घनाजंगलभित्र पुगेर मृतकको शब ल्याइएको हो । हात्तिको आक्रमणको सन्त्रासबीच गोलीगठ्ठासहितको सुरक्षाकर्मीको सुरक्षा र स्थानीय गाउँलेहरुको ठूलो संख्याले राँको, पुल्ठा बालेर हो हल्ला गर्दै गाउँदेखि करिब दुईघण्टा पैदल दुरीको घनाजंगलबाट शब उठाइएको थियो ।

घटनास्थल देखेका स्थानीवयलाई लिएर नेपाल प्रहरी, सशस्त्र प्रहरीको भ्यान र गाउँलेको ट्याक्टरलाई घटनास्थल पुग्न डेडघण्टा लागेको थियो । घटना स्थलबाट शव उठाई पोष्टमाटमको लागि जिल्ला अस्पताल उदयपुर ल्याईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0