
धनकुटा, साउन ११ गते ।
धनकुटाको गोठेगाउँमा जंगली च्याउ खाएर चार जना विरामी भएका छन् । चौविसे गाउँपालिका – ७ गोठेगाउँमा जंगली च्याउ खाँदा एकै परिवारका चार जना विरामी भएका हुन् ।
चौगापा – ७ निबासी ६३ वर्षीय टेकबहादुर लिम्बु, ६२ वर्षीया अमृतकुमारी लिम्बु, ३३ वर्षीया लक्ष्मिमाया लिम्बु र ४४ वर्षीया सुकमाया लिम्बु जंगली च्याउ खाएर विरामी भएको प्रहरीले जनाएको छ ।
जंगलमा पलाएको च्याउ टिपेर ल्याई पकाएर खाएपछि विरामी परेको प्रहरीले जनाएको छ । विरामीहरुलाई स्थानिय स्वास्थ्य चौकी मौना बुधुकमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।