Friday, February 14News That Matters

जनताले दिए स्थानीय सरकारलाई करोडको जग्गा

उदयपुर, फागुन ९ गते ।

 

उदयपुरको लिम्चुङबुङ गाउँपालिकाका स्थानीय जनताले गाउँपालिकालाई जग्गादान गरेर सहयोग गरेको छ ।

उनीहरुले चलनचल्तीको करिब १ करोड रुपैया बराबरको पालिकालाई ४२ रोपनी, ४ आना, ३ दाम, २ पैसा जग्गादान गरेका हुन् ।

स्थानीय दिलबहादुर मगरले ८ रोपनी, गणेश खत्रीले २ रोपनी, चित्रबहादुर खत्रीले ३ रोपनी, जीतबहादुर खत्रीले १ रोपनी, मानबहादुर कार्की ५ रोपनी, इन्द्रबहादुर कटुवालले ४ रोपनी, ८ आना, ३ दाम ३ पैसा, रणमाया कार्की ११ रोपनी, चित्रबहादुर कार्की ३ रोपनी ७ दाम, देवकुमार कार्की २ रोपनी, दिलबहादुर कार्की ८ आना १ दाम २ पैसा, शिवमर्दन कार्की ९ आना १ दाम १ पैसा र दिलबहादुर कार्कीले १ रोपनी १ पैसा जग्गादान गरेका हुन् ।

 

जग्गादाताहरुको स्वयम् उपस्थितिमा जिल्ला मालपोत कार्यालयबाट पालिका र माताहतका कार्यालयको नाममा जग्गापास (नामसारी) भएको मालपोत कार्यालय उदयपुरको प्रमुख नवराज खड्काले बताए ।

मालपोत अधिकृत नवराज खड्काले नामसारी भएका जग्गा धनीपूर्जा बुधबार पालिका अध्यक्ष मेजरकुमार राईलाई हस्तान्तरण गर्नुभयो ।

पालिका अन्तर्गतका विभिन्न सरकारी भौतिक संरचना निर्माणका लागि जग्गादान गरेका स्थानीयले स्थानीय सरकारलाई सहयोग गर्न पाएकोमा खुसी व्यक्त गर्दै आफुहरुको सहयोगबाट जनताले छिटो र प्रभावकारी सेवा सुविधा पाओस् भन्ने कामना गरेको जग्गादाता ७७ वर्षीय शिवमदन कार्कीले बताए ।

 

हाल सामान्य भवनमा पालिका र माताहतका विषयगत कार्यालयको कार्य सम्पादन भईरहेकामा अव, सुविधा सम्पन्न भवन निर्माण गरी जनतालाई प्रभावकारी सेवा सुविधा प्रदान गरिने पालिकाको योजना रहेको लिम्चुङबुङ गाउँपालिका अध्यक्ष मेजरकुमार राईले बताए ।