Sunday, May 17News That Matters

जबरजस्ति करणी गर्न खोज्ने एक जना पक्राउ

पूर्णपुष्टि,माघ ३०
विराटनगरमा एक जेष्ठ नागरिक जबरजस्ति करणीको आरेपमा प्रक्राउ परेको छ । घरजग्गाको कारोबार गर्दै आएका विराटनगर महानगरपालिका–२ मा बस्ने ६० वर्षिय ज्ञानप्रधानले करणी गर्न खोजेपछि बुधबार साझँ स्थानियहरुले समातेर कुटपिट गरेपछि प्रहरीलाई जिम्मा दिएको हो ।
दिउँसो घर किन्ने ग्राहकलाई घर देखाउन प्रधान त्यस घरमा पुगेका थिए । त्याँहाको घर परिवारमा दिदि र बहिनि मात्र बस्ने थाहा पाएपछि त्याहा फेरी साझँमा प्रधान गएर दिदिबहिनीलाई जबरजस्ति करणी गर्न खोजेको स्थानियहरुले बताएका छन् ।
त्यस पिडितको बुबा अमेरिकामा रहेको र आमा पनि अमेरिका जाने तयारीमा रहेको थियो । छिमेकिको भनाई अनुसार अमेरिका जाने भएपछि घर बिक्रि गर्नलाई चिनजानकै प्रधानलाई काम सुम्पिएको र घरमा कोहि पनि नभएको थाहा पाउदा पाउँदै बेलुका आएर १७ वर्षिय किशोरीलाई करणी गर्ने प्रयास गरेको हो ।
प्रधानविरुद्ध जबरजस्ति करणीको मुद्दा चलाउने र अनुसन्धन जारि रहेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोष खड्काले बताए ।