
पूर्णपुष्टि, असार २४
चीनको गुइझाउ प्रान्तमा जलाशयमा बस डुब्दा २१ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।
हिजो गुइझाउ प्रान्तको अंसुन भन्ने ठाउँमा पुल तर्दै गर्दा सडक अवरोधका कारण बस पुलबाट जलाशयमा खसेको थियो ।
गाओकाओ विश्वविद्यालयमा प्रवेश परीक्षा दिन गइरहेका विद्यार्थीहरु दुर्घटनामा परेको संचारमाध्यमहरुले जनाएको छ । बसमा जम्मा कति जना थिए र तीमध्ये कति विद्यार्थी थिए भन्ने बारे अझै स्पष्ट भएको छैन । दुर्घटना कसरी भयो भन्नेबारे अहिले अनुसन्धान भइरहेको जनाईएको छ ।
गुइझाउ आगो नियन्त्रण विभागले १९ जना गोताखोरसहित १ सय ४१ जना अग्नि नियन्त्रकहरु डुबेकाहरुको खोजी र उद्धार कार्यमा निरन्तर लागिरहेको जनाएको छ ।
यस्तै प्रहरी र अरु उद्धार टोलीले पनि उद्धार कार्यमा सघाइरहेको विभागले जनाएको छ ।
