
पूर्णपुष्टि, असोज १३
ललितपुरको ललितपुर महानगरपालिकामा जाँडरक्सीको विज्ञापन बोर्डमा कालो पोतिएको छ । नगर क्षेत्र भित्र विभिन्न ठाउँमा राखिएका जाँडरक्सिको विज्ञापन बोर्डमा कालो पोतिएको हो ।
महानगरलाई स्वस्थ्य, सफा बनाउन मदिराका बोर्डहरु हटाउने अभियान सुरु गरेको ललितपुर महानगरपालिकाका नगर प्रहरीले जनाएको छ ।
महानगरपालिकाका विभिन्न ठाउँमा फुटपाथ पसल पनि राख्न नपाइने भएको छ । पुल्चोक, कुपण्डोल, जावलाखेल र कुमारीपाटीमा फुटपाथ पसल राख्न निषेध गरिएको हो । फुटपाथमा तरकारी व्यापार, निर्माण सामग्री थुपार्न, गाडी पार्क गर्न र वर्कसपको काम गर्न समेत रोक लगाएको जनाईएको छ ।
महानगरपालिकाका विभिन्न ठाउँलाई चरणबद्ध रुपमा व्यवस्थित बनाउँदै लैजाने योजना रहेको प्रहरीले जनाएको छ ।

